धादिङ असाेज १६ । काठमाडौंमा ग्रामीण यातायात धादिङ प्रालि, विवेकानन्द सु स्वास्थ्य फार्मेसी काठमाडौंकाे संयाेजन र काठमाडौं महानगर पालिकाकाे सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । उक्त रक्तदान कार्यक्रममा १० महिला र २७ पुरुष गरि ३७ जनाले रगत दान गरेका थिए ।
भरपर्दाे र आरामदायी यातायात सुविधा दिदै आएकाे ग्रामीण यातायात धादिङ प्रालिले सामाजिक काममा समेत सहयाेग गर्ने शिलशिलमा आज रक्तदान कार्यक्रमकाे आयाेजना गरेकाे अध्यक्ष राजेन्द्र अधिकारिले बताए । यश अघि जिल्ला अस्पताल धादिङमा आउने सेवाग्राहीलाई लक्षित गरि ३ महिना काेराेनाबाट वचन सर्जिकल मास्क समेत ग्रामीण यातायात धादिङ प्रालिले जिल्ला अस्पताललाई प्रदान गरेकाे थियाे ।