
धादिङ असोज १६ । हिमालयन नेपाली इभेन्ट्स प्रा. लि. ले ५ विधामा आयोजना गरेको हिमालय ईन्टरनेसनल नेपाली म्युजिक अवार्डमा धादिङ बेनीघाटकी मधु रसाईली विजयी बन्दै अवार्डबाट सम्मानित भएकी छिन् ।
मौलिक तथा आधुनिक नृत्य, लोक तथा दोहोरी गीत गायन, आधुनिक गीत तथा गजल गायन, र्याप तथा पप गीत गायन र हाँस्य तथा विविध मनोरञ्जन गरि ५ विधामा आयोजना गरिएको अवार्ड धादिङ बेनीघाटकी मधुले लोक तथा दोहोरी गीत गायन विधा तर्फ जितेकी हुन् ।
मधुले लोक साङ्गेतिक क्षेत्रमा प्रवेश गरेको १५ वर्ष पुरा भई सकेको छ । मिठो स्वारकी धनी मधुले हाल काठमाडौमा दोहोरी साँझ समेत संचालन गर्दै आएकी छिन् । अवार्ड वितरण पूर्व स्थानिय विकास मन्त्री एवम धादिङका प्रदेश सांसद राजेन्द्र प्रसाद पाण्डेले शुक्रबार एक समारोहका बीच गरेका थिए ।