एमाले बागमती प्रदेशमा धादिङबाट ३१ जना चयन (नामावली समेत)

Avatar photo
Dhadingpost
बिहिबार, अशोज १४, २०७८

धादिङ असोज १४ । नेकपा एमालेले वागमती प्रदेश कमिटीमा धादिङका ३१ जना समेटिएका छन् । विधान महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा एमालेले वागमती प्रदेश कमिटीलाई पूर्णता दिए सँग कमिटीमा धादिङ जिल्लाबाट ३१ जना चएन भएका हुन् । आनन्द पोखरेल अध्यक्ष र खेम लोहनी सचिव रहेको ४ सय ७७ सदस्यीय प्रदेश महाधिवेशन आयोजक कमिटी धादिङका लोहनी सहित ३१ जना धादिङका छन् ।

प्रदेश कमिटीको इन्चार्जमा रामवहादुर थापा बादल नै कायम रहेका छन् । यसअघि १० बुँदे सहमति अनुसार जेठ २ अघिका इन्चार्जहरु नै कायम हुने भनिए पनि वागमतीमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीसमेत रहेकाले सहमति मै नेतृत्व टुंगो लागेको हो । शाक्यलाई प्रदेशको शीर्ष स्थानमा राखेर काशिनाथ अधिकारी, अरुण नेपाल, शेरबहादुर तामाङ, कृष्णगोपाल श्रेष्ठ र डोरमणी पौडेल सहइन्चार्ज राखिएको छ । केन्द्रीय सदस्य रचना खड्कालाई पनि पदाधिकारी तहमा राखिएको छ ।

यी हुन् धादिङबाट प्रदेश कमिटीमा चएन भएका ३० जना
1. बागमती प्रदेश सचिव: खेम लोहनी
बागमती प्रदेश सदस्यहरु
2. जगन्नाथ नेपाल
3. जानुका शिंखडा
4. डा.रामकुमार अधिकारी
5. नेत्रराज पौडेल
6. भूमि त्रिपाठी
7. रामप्रसाद अधिकारी
8. रामहरी अधिकारी
9. कान्छा लामा तामाङ्ग
10. उद्धव लुईटेल
11. गंगादेवी श्रेष्ठ
12. बलराम ढुंगाना
13. ईन्द्रबहादुर श्रेष्ठ
14. कृष्णबहादुर लामा
15. उमा सिंखडा
16. जगन्नाथ शर्मा
17. धनबहादुर घले
18. इन्द्र कुमार तामाङ
19. मंग तामाङ
20. इश्वरी अधिकारी
21. देवी प्रसाद त्रिपाठी
22. क्रान्ती बुर्लाकोटी
23. ध्रुब शर्मा रुपाखेती
24. शम्भु थापा
25. ध्रुब वि.क.
26. नरेश खतिवडा
27. उमेश थापा
28. अर्जुन श्रेष्ठ
29. गीरीराज कंडेल
30. बाबुकृष्ण श्रेष्ठ
31. हेम थापा तामाङ