काठमाडौं असोज १४ । अर्थ मन्त्रालयले कोरोनाका कारण कारण रोजगारी तथा आयआर्जन गुमाएका गरिब तथा विपन्नलाई १० हजार रुपैयाँ दिने कार्यविधि मन्त्रिपरिषद्मा पठाएको छ ।
मन्त्रिपरिषदबाट कार्यविधि पास भएपछि भत्ता वितरण थालिने उनले बताए । भत्ता दसैं अगाडि नै वितरण हुने अर्थमन्त्रालयका प्रवक्ता महेश आचार्यले बताएका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले भदौ २५ गते प्रस्तुत गरेको प्रतिस्थापन विधेयकमा कोरोनाबाट प्रभावित ५ लाख गरिब तथा विपन्न नागरिकलाई १० हजारका दरले ५ अर्ब रुपैयाँ वितरण गर्ने व्यवस्था गरिएको छ । उक्त भत्ता वितरणका लागि अर्थमन्त्रालयले कार्यविधि बनाएर मन्त्रिपरिषदमा पठाएको अर्थमन्त्रालयका प्रवक्ता आचार्यले बताए ।