दशैं नजिकै सँगै धादिङबेसीमा तोरी पेल्नेको भिड

Avatar photo
शुसिला रिजाल
बिहिबार, अशोज १४, २०७८

धादिङ असोज १४ । कोरोनाको संकट विस्तारै हट्दै छ, चाडपर्व नजिकँदै गर्दा बजारहरुमा दिन प्रतिदिन व्यवसायीक चहलपहल बढ्दै छन् । गत वर्षको चाड पर्व कोरोनाले पूर्ण प्रभाव पार्यो यो वर्षको दशै तिहार लगायतका पर्वहरुको उल्लासमा फेरि पुनारागमन हुने मानिसहरुको चहलपलले बताउँछ ।

यस वर्ष छोरा बुहारीहरुघर आउने भनेको छन्, दशैं रमाईलो हुन्छ विदेशमा रहेको छोरी पनि आउँदै छिन् मैदीबाट तोरी पेल्न धादिङबेसी आएकी ५३ वर्षिय अप्सरा श्रेष्ठ बताउँछिन् । तोरी पेल्न भिड छ पालो कुरेर बसेको छु, ३ वटा मेशिन चलि रहेको छ पालो चाँहै आउने हिल धनीले बताएका छन् समस्या सबैको उस्तै हो पालोमा बसेको छु उनी बताउँछिन् ।

बजारको तेल राम्रो हुँदैन । आफ्नै बारीको तोरी पेलेर दशैं तिहार बनाउने हो, दशै पछि शहर फर्कंदा छोरा छोरीलाई पनि यहि तेल पाठाउनु पर्छ नाती नातीनालाई लगाउन पनि यो तोरीको तेल अत्यन्त राम्रो हुन्छ । भिड भए पनि बजारको महंगो तेल किन्नु भन्दा पालो कुर्न नै जाति भन्छिन् चैनपुरबाट तोरी पेल्न आएकी देवकी छत्कुली ।

चाडपर्व सुरु भयो, तेल पेल्नेहरुको चाप बढ्यो, पालोमा राखेर ३ वटा मेशिनबाट तोरी पेल्ने गरेको धादिङबेसी स्थित श्री न्यौपाने तेल मिलका संचालनक बताउँछन् । यो सिजनमा तोरी मात्रै हैन धान कुट्ने चाप पनि उत्तिकै हुने उनी बताउँछन् ।