धादिङको ६ ठाउँमा, यात्रु सहायता कक्ष स्थापना

Avatar photo
Dhadingpost
बिहिबार, अशोज १४, २०७८

धादिङ असोज १४ । जिल्ला प्रहरी कार्यालय धादिङले चाडपर्वलाई लक्षित गरि जिल्लाका विभिन्न ६ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको जनाएको छ ।

बडादशै‚ दिपावली तथा छठ पर्वको अवसरमा मानिसहरुको आवतजावत‚ सवारी साधन चाप बढ्दै जाने हुँदा बजार क्षेत्रका टिकट काउन्टरमा हुने भिडभाड‚ बढी भाडा लिने‚ यात्रु ठगिने कार्यलाई नियन्त्रण गर्न र नागरिकको पिरमर्काको तत्काल सुनुवाई गरी समस्या समाधान गर्ने उद्देश्यले धादिङ जिल्लामा ६ स्थानहरुमा यात्रु नागरिक सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ ।

नागरिक सहायता कक्षहरु धादिङबेसी नीलकण्ठ नगरपालिका वडा नं. ३, पुछारबजार, बेनिघाट रोराङ गाउँपालिका वडा नं. ९ मझिमटार, गजुरी गाउँपालिका वडा नं. १ गजुरीबजार, गल्छी गाउँपालिका वडा नं. ७ गल्छिचोक, धुनिबेसी नगरपालिका वडा नं. ८ खानिखोला र थाक्रे गाउँपालिका वडा नं. ६ महादेवबेसीमा राखिएको प्रहरीले जनाएको छ ।

यात्रु सहायता कक्ष
निलकण्ठ नपा ३ पुछारबजार‚ सम्पर्क न. 100, 520199‚ 9851283480
वेनिघाट रोराङ गापा ९ मझिमटार‚ सम्पर्क नं. 690287‚9851296902 र 9841358964
गजुरी गापा १ गजुरी वजार‚ सम्पर्क नं. 9851286100
गल्छी गापा ७ गल्छिचोक‚ सम्पर्क नं. 9851296905
धुनिवेसी नपा ८ खानिखोला‚ सम्पर्क नं.9851282911
थाक्रे गापा ६ महादेववेशी‚ सम्पर्क नं. 9851191481