धादिङबेसीमा गलैंचा उद्योग संचालन, नि:शुल्क सिक्न पाईने

Avatar photo
Dhadingpost
बुधबार, अशोज १३, २०७८

धादिङबेसी असोज १३ । धादिङबेसी सिरान बजारमा आजबाट शुभारम्भ गलैंचा उद्योग संचालनमा आएको छ । खनियाबास गाउँपालिकाका मिलन कुमार तामाङ रइमान तामाङले २० लाखको लागतमा उक्त गलैंचा उद्योग संचालन ल्याएका हुन् ।

डबल १० वटा र सिंगल ४ वटा मेशिनबाट काम सुरु भएको संचालक मिलनकुमार तामाङले धादिङपोष्टलाई बताए । हामी निशुल्क गलैंचा बनाउन सिकाउँछौं, सिप सिकेर अन्त जानु पर्दैन यहि रोजगार दिईने उनी बताउँछन् ।