अखिल (क्रान्तिकारी) बागमतीको सदस्यमा धादिङका ६ जना

Avatar photo
Dhadingpost
बुधबार, अशोज १३, २०७८

धादिङ असोज १३ । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारी बागमती प्रदेशको सदस्यमा धादिङका ६ जना निर्वाचित भएका छन् । काठमाडौंमा भएको प्रथम सम्मेलनबाट धादिङका ५ सहित ९१ जना सदस्यीयहरु प्रदेश सदस्यमा चयन भएका हुन् ।

सम्मेलनबाट प्रदेश सदस्यमा धादिङका निवर्तमान जिल्ला संयोजक उपेन्द्र जमकट्टेल, बिमल तामाङ, किरण सिंखडा, विनोद आचार्य, उद्धव रिजाल र गणेश सापकोटा निर्वाचित भएका हुन् । माओवादी केन्द्रका वरिष्ट नेता नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा क्रान्तिकारीको सम्मेलन भक्तपुरको सानोठिमीमा सम्पन्न भएको थियो ।