कांग्रेस धादिङको जिल्ला अधिवेशन सर्यो, नीलकण्ठ र रुबीभ्यालीको कार्तिक ४ गते निर्वाचन

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज १२, २०७८

धादिङ असोज १२ । नेपाली कांग्रेस धादिङको प्रदेश र संघीय क्षेत्रको अधिवेशनको मिति सर्ने पक्का भएको छ भने असोज ९ गते सम्पन्न हुन नसकेको नीलकण्ठ नगरपालिका र स्बीभ्याली गाउँपालिकाको अधिवेशन कार्तिक ४ गते हुने भएको छ । नेपाली कांग्रेस धादिङको सोमबार बसेको आकस्मीक बैठकले प्रदेश र संघीय क्षेत्रको अधिवेशन दशै पछि गर्ने निर्णय गरे सँगै निर्वाचन समितिले नीलकण्ठ र रुबीभ्यालीको समेत कार्तिक ४ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।

धादिङका १३ स्थानीय तह मध्य १० वटा पालिकाहो अधिवेशनको परिणाम आए सँगै दुई समुहमा देखिएको कांग्रेस धादिङका नेताहरुले विभिन्न मिडियामा आफ्नो समुहले बढी सभापति जितेको दावी गर्दै आएका छन् । नेता पूर्व मन्त्री दिलमान पाख्रीन, डा. राजाराम कार्की, भिम ढुङगाना पार्टी अध्यक्ष एवम् प्रधान मन्त्री शेरबहादुर देउवा समुहमा देखिएका छन् भने पूर्व सभापति रामनाथ अधिकारी, रमेश धमलाले रामचन्द्र पौडेल समुहको धादिङमा नेतृत्व गरि रहेका छन् ।

ढुङ्गाना समुहले धुनीबेसी, खनियाबास, बेनीघाट, गल्छी, थाक्रे, नेत्रावती डवजोङ र सिद्धलेकमा आफ्नो समुहले जितेको दावी गरेको छ भने, यता रामनाथ अधिकारी समुहले पनि धुनीबेसी, बेनीघाट, गल्छी, थाक्रे, गजुरी, गंगाजमुना, नेत्रावती डवजोङ आफ्नो पक्षले जितेको दावी गरेका छन् ।