बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज १२, २०७८

हेटौडा असोज १२ । बागमती प्रदेशमा १५ देखि ६० वर्ष बीचका ९५ प्रतिशत भन्दा बढी नागरिकहरु साक्षर भइसकेको र १५ वर्ष मुनि र ६० वर्ष माथिकालाई पनि साक्षर बनाउने कार्यलाई तीब्रताका साथ पहल गरिने प्रदेश शिक्षा निर्देशनालय बागमती प्रदेश हेटौंडाले जनाएको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा कार्यक्रममा उक्त जानकारी गराएको हो ।

घोषणपछि कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले साक्षर अभियानलाई सृजनात्मक रुपले अगाडी बढाउने बताएकी थिईन् ।स प्रदेशमा शिक्षाको ज्योतिलाई सबैतिर फैलाउनुपर्ने बताउँदै उनले भनिन् ‘अहिले पूर्ण साक्षर नभएपनि अब भने सत प्रशित साक्षर गराउनका लागि सबै स्थानीय तह, जिल्ला समन्वय समितिहरु लाग्नुपर्छ ।’ पहिले महिलाहरु वेलुकाको समयमा मात्र प्रौढकक्षा पढ्नुपर्ने बाध्यता रहेको भएपनि अहिले त्यो समस्या हटेकाले अब सबै नागरिक साक्षर बन्नुपर्ने उनले बताइन् ।

जिल्लास्तरबाट सबै अभियान्ताहरु साक्षर अभियानमा लाग्न मुख्यमन्त्री शाक्यले निर्देशन दिइन् । घोषणाको काम सकिएपनि यसको कार्यान्वयन गर्न लाग्नुपर्ने उनले बताइन् । शान्तिपूर्ण र विभेदरहित नेपाल निर्माण गर्नका लागि काम गर्नुपर्ने उनले बताइन् । कार्यक्रममा बागमती प्रदेशका १३ जिल्ला मध्ये धादिंग जिल्लालाई साक्षर बनाउन खेलेको भूमिका प्रति मुल्याङ्कन गर्दै धादिङका पुर्व जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुबेदीलाई सम्मान गरिएको थियो ।