तिप्लिङ दुर्वाङकी १० वर्षिय संगिताको उपचारको लागि सहयोग संकलन

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज १२, २०७८

धादिङ असोज १२ । धादिङको रुबीभ्याली गाउँपालिका ८ तिप्लिङ दुर्वाङ निवासी १० वर्षिय संगिता घलेको उपचारका लागि तिप्लिङका स्थानीयहरुले आर्थिक संकलन सुरुगरेका छन् । आर्थिक अवस्था नाजुक भएकोले संगिताको हालको उपचारका लागि हामी स्थानीयहरुले सहयोग संगलन गरि संगिताको बुवालाई सहयोग रकम उपलब्ध गराएको तिप्लिङबाट रामबहादुर तामाङले धादिङपोष्टलाई बताए ।

हामी सबै गरिव होऔं, एकलाई पार्दा अर्को सहयोगी बन्ने हाम्रो संस्कार हो । हामी संगिताको हातको उपचार सफल बनाउ लागि रहेका छौं, उपचारमा आर्थिक अभाव हुन नदिने हाम्रो अभियान रहेको स्थानीय नेता समेत रहेका रामबहादुर तामाङ बताउँछन् ।

हालसम्माको सहयोगि दाताहरु
(१) चिरोङ तामाङले रु१०,०००।-
(२) राम बाहादुर तामाङले रु ७,५००।-
(३) हेम थापा तामाङले रु ५,०००।-
(४) पासङरानी घलेले रु १,०००।-
(५) मर्किरानी घलेले रु ४,०००।-
(६) काले थापाले रु१,०००।-
(७) डिलि घलेले रु१,०००।-
(८) चारानी घलेले रु ५,००।-
(९) हेम थापा तामाङको सम्पर्कमा एक संस्थाबाट रु११,०००।-