
धादिङ असोज १० । नेपाली कांग्रेस धादिङले शनिबार धादिङका ८ स्थानीय तहमा अधिवेशन सम्पन्न गरेको छ । जसमा ८ स्थानीय तहमा सर्वसहमतिले कार्य समिति चुनोको छ भने २ वटामा मतदान प्रक्रियाबाट अधिवेशन सम्पन्न भएको छ । सर्वसहमतिबाट सभापति चुनिनेमा धुनिवेसीमा सुरज उप्रेती, गल्छी गाउँपालिकामा दिपक कार्की, थाक्रेमा रामप्रसाद बिडारी, गजुरीमा भुमी कडेल, वेनिघाट रोराङमा ऋषि त्रिपाठी, ज्वालमुखीमा रेशमराज काप्री, त्रिपुरासुन्दरी राजु उप्रेती, खनियाबासमा मरिचमान तामाङ छन् ।
यस्तै मतदानबाट प्रक्रियाबाट सभापति चुनिनेमा सिद्धलेकबाट रामशरण गिरि र गंगाजमुनामा प्रतिद्वन्दीलाई २ मतले सभापति पदमा फैसिंह तामाङ छन् । नीलकण्ठ नगरपालिका, नेत्रावती डवजोङ गाउँपालिका र रुबीभ्याली गाउँपालिकाको अधिवेशन अझै बाँकी रहेको नेपाली काँग्रेस धादिङले जनाएको छ ।
वडा अधिवेशनबाट निर्वाचित जिल्लाभर कांग्रेसको २ हजार १८२ जना प्रतिनीधिहरु चुनिएका थिए । जसमा सबै भन्दा बढी नीलकण्ठ नगरपालिकाबाट १७८ जना महिला र ३१० जना पुरुष गरि ४८८ जना प्रतिनीधिहरु चुनिएका छन् । भने सबै भन्दा कम नेत्रावती डवजोङ गाउँपालिकाबाट ३१ महिला र ६२ पुरुष सहित ९३ जना छन् ।
यस्तै धुनीबेसी नगरपालिका १५७ जना, थाक्रे १८१ जना, गल्छी १३५ जना, गजुरी १३७ जना, बेनीघाट रोराङ १६३ जना, सिद्धलेक १३८, नीलकण्ठ ४८८ जना, ज्वालामुखी १९८ जना, त्रिपुरासुन्दरी १६०, नेत्रावती डवजोङ ९३, गंगाजमुना १२९ जना, खनियाबास ९८ जना, रुबीभ्याली १०५ जना छन् यी प्रतिनीधिहरुले नै पालिका कार्य समिति चुन्ने कांग्रेसको विधानमा उल्लेख भए अनुरुप पालिका अधिवेशन भएको हो ।
