आजबाट इपिएल: ४/४ विदेशी खेलाडी, (कुन टिमबाट को को खेल्दै छन् पूर्ण जानकारी)

Avatar photo
Dhadingpost
शनिबार, अशोज ९, २०७८

काठमाडौं असोज ९ । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी(ट्वान्टी क्रिकेट प्रतियोगिता आज शनिबारबाट सुरु हुँदैछ । टियु क्रिकेट मैदानमा हुने ईपीएलको उद्घाटनमा साविक विजेता ललितपुर प्याट्रीयट्स र काठमाडौं किङ्स-११ बीच प्रतिस्पर्धा हुनेछ । ललितपुर र काठमाडौंबीचको खेल अपरान्ह १२:१५ बजे सुरु हुनेछ ।

६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएको यस प्रतियोगितामा सबै टिमले ४४ जना विदेशी खेलाडी मैदानमा उतार्ने भएका छन् । यसै प्रतियोगिता खेल्न बंगलादेशको राष्ट्रिय क्रिकेट टोलीका ओपनर तमिम इकबालले नेपाल आई सकेका छन् । उनी भैरहवा ग्ल्याडीयटर्सबाट खेल्ने छन् ।

सबै टोलीमा ४-४ विदेशी खेलाडी छन् । प्लेइङ-११ मा तीन विदेशी खेल्न पाउने छन् । नेपालको सर्वाधिक ठूलो फ्रेन्चाइज लिग जित्ने लक्ष्यका साथ सबै टोलीले तयारी सकाएका छन् । विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । पहिलो संस्करणको उपाधि पञ्चकन्या तेज, दोस्रो विराटनगर वारियर्स र तेस्रो ललितपुरले उपाधि जितेका थिए ।

काठमाडौं किंग्स इलेभेन: सन्दीप लामिछाने (कप्तान), दीपेन्द्र सिंह ऐरी, जितेन्द्र कुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, मोहम्मद साम्सद शेख, अमर सिंह राउटेला, सुवास खकुरेल, आकाश चन्द, अमृत भट्टाई, शेर मल्ल, सागर पुन, दीपेन्द्र रावत, गुलशन झा, सिद्धान्त लोहनी, रयान बर्ल(जिम्बावे), शाहिद अफ्रिदी( पाकिस्तान), जनक प्रकाश(सिंगापुर) र रहमानउल्लाह गरबाज ।

पोखरा राइनोज: विनोद भण्डारी (कप्तान), सुनिल धमला, रित गौतम, किशोर महतो, विक्रम सोब, विपिन खत्री, लोकेश बम, पृथु बास्कोटा, विवेक यादव, विपिन रावल, अर्जुन कुमाल, रविन्द्र जंग शाही, देव शाह, शोहिल कुँवर, रिचर्ड लेभी (दक्षिण अफ्रिका), केस्रिक विलियम्स (वेस्टइन्डिज), असेला गुणरत्ने(श्रीलंका) र सहान अर्चाचिगे (श्रीलंका) ।

भैरहवा ग्ल्याडियटर्स: शरद भेषावकर (कप्तान), रोहित कुमार पौडेल, आरिफ शेख, कुशल मल्ल, अभिनाश बोहरा, प्रदीप ऐरी, भुवन कार्की, कृष्ण कार्की, हरिशंकर शाह, दीपेश श्रेष्ठ, विकास आग्री, दुर्गेश गुप्ता, हिमान्शु दत्त, तुल बहादुर थापा, मौसम ढकाल, तमिम इकबाल (बंगलादेश), उपुल थरंगा (श्रीलंका), धाम्मिका प्रसाद (श्रीलंका) र शार्विन मुनिआन्दी (मलेसिया)

विराटनगर: करण केसी(कप्तान), आसिफ शेख (विकेटकिपर), अनिल कुमार शाह (विकेटकिपर तथा उपकप्तान) , सन्दीप राजाली, सौरभ खनाल, सुमित महर्जन, हरि बहादुर चौहान, सोनु देवकोटा, प्रतिश जि.सी. रामनरेश गिरी, विक्रम कुमार भुषाल, अनिल खरेल, अनुज चनारा, सन्तोष यादव, रयानखान पठान (क्यानडा), चन्द्रपाउल हेमराज (वेस्टइन्डिज), सिकन्दर राजा (जिम्बावे) र दीलशान मुनावीरा (श्रीलंका)

ललितपुर प्याटियट्र्स: कुशल भुर्तेल (कप्तान, सन्दीप जोरा, राशिद खान, पवन सरार्फ, सोनु तामाङ, योगेन्द्रसिंह कार्की, कमल खत्री, रिजन ढकाल, बिभत्सु थापा, अरियो पौडेल, शंखर राना, नारायण जोशी, सुर्य तामाङ र नागराज सिंह, भुटानका ब्याट्सम्यान मिक्यो दोर्जी, अफगानिस्तानका युवा अलराउन्डर आजमतुल्लाह ओमरजाई, श्रीलंकाली विकेटकिपर ब्याट्सम्यान सन्दुन वीराक्कोडी र ओशदा फर्नान्डो

चितवन टाइगर्स टिम : सोमपाल कामी (कप्तान), कमल सिंह ऐरी, शाहब आलम, इशान पाण्डे, दीलिप नाथ, सागर ढकाल, राजेश पुलामी मगर, हासिम अन्सारी, भीम सार्की, खडक बहादुर बोहरा, सन्दीप सुनार, देव खनाल, कृजन गुरुङ गौतम केसी, शेकुगे प्रसन्न (श्रीलंका), मोहम्मद शाहजाद (अफगानिस्तान), करिम जन्नत (अफगानिस्तान), वीरनदीप सिंह (मलेसिया) खेलाडी छन् ।