सामाजिक सन्जाल मार्फत ठगी गर्ने चर्चका पादरी पक्राउ

Avatar photo
Dhadingpost
अशोज ८, २०७८

काठमाडौं असोज ८ । सामाजिक सन्जाल Facebook, Messenger, What apps, IMO प्रयोगकर्ता महिलालाई विभिन्न प्रलोभन देखाई ५ लाख १० हजार ठगी गरेको गरेको आरोपमा प्रहरीले एक भारतिय नागरिक चर्चका पादरीलाई पक्राउ गरेको छ ।

आफुलाई U.K. को नागरीक बताई बिश्वास कायम गरी प्रेम समेत गर्ने बताएर बिभिन्न प्रकारका उपहारहरु पठाएको भनी बिभिन्न कागजात सहित पार्सल ट्रयाकिङ गर्ने नम्बर समेत उपलब्ध गराई पीडितलाई बिश्वासमा पारी ५ लाख १० हजार ठगी गरेको आरोपमा भारत दार्जलिङका सन्दिप क्षेत्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

संन्दिप क्षेत्रीलाई जि.प्र.का. झापा संगको समन्वयमा पक्राउ गरी अनुसन्धान गर्दा निज क्रोस्टल चर्चका पादरी रहेको र चर्चको बिभिन्न धार्मिक कार्यक्रममा भेट भएका महिलाहरुलाई क्रिस्चियन धर्मसंग सम्बन्धित विभिन्न संघसंस्था प्राप्त रकम आफ्नो खातामा झिकाउन नमिल्ने भएको भनी बिश्वासमा पारी खाता खोल्न लगाई ठगि गर्ने गरेको समेत प्रहरीले जनाएको छ ।