
काठमाडौं असोज ७ । नेकपा एमाले अध्यक्षका अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय सत्तारुढ गठबन्धनलाई ‘पञ्चेगुट’को संज्ञा दिएका छन् । काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले पाँचदलिय गठबन्धनलाई ‘पञ्चेगुट’ को संज्ञा दिएका हुन् ।
‘पञ्चेगुट’ले ‘यत्तिकै लिरिखिरी पाराले एमालेसँग लड्न नसक्ने दावी गर्दै उनले एमालेसँग लड्ने भए एकताबद्ध भएर आउन आग्रह गरेका छन् । मन्त्रिमण्डल बनाउन नसक्नेले एमालेसँग लड्ने धाक लगाउने रु’ अरु पार्टी सबै मिल्दा एमालेको कम्मर कम्मर आउने उनले बताए । ‘एमालेविरुद्ध के(के न गरेउँ भन्छन् । एमालेलाई खुब नोक्सान पारेउँ भन्छन् । तर, सबै मिल्दा पनि कति छन् रु हाम्रो कम्मर(कम्मर आइपुग्छन् । त्यत्ति न हो ।’
एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी पार्टी र अध्यक्ष माधव नेपाललाई उनले कटु व्यंग्य गरे । ‘फुटेको एउटा टुक्रो एकीकृत पार्टी रे,’ ओलीले भने, ‘पदाधिकारी पनि भर्न मान्छे नभएर खाली छोडेका छन् । ’ नेपाललाई लक्षित गर्दै उनले थपे, ‘यसो टिभीमा हेरेको अध्यक्ष माधव नेपालभन्दा (हाउभाउसहित) गमक्क परेर मुस्कुराउँदा रहेछन् ।’ फाईल फोटो