संविधान दिवसमा ५२३ जना कैदीहरुलाई माफी मिनाहा

Avatar photo
Dhadingpost
आइतवार, अशोज ३, २०७८

काठमाडौं असोज ३ । संविधान दिवसको अवसरमा यस वर्ष ५२३ जना कैदीहरुले माफी मिनाहा पाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई नेपाल सरकार मन्त्रिपरिषदको सिफारिशमा कैद कट्टा गरी माफी मिनाहा गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत हर्कबहादुर राईसमेत ५२३ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरी संविधान दिवसको अवसरमा माफी मिनाहा भएको जानकारी दिएको हो । सरकारले वर्षेनी संविधान दिवसमा कैद कट्टा गरी माफी मिनाहा गर्ने गरेको छ ।