कृषि सहकारी कर्मचारी समाज धादिङको अध्यक्षमा नारायण सुवेदी चयन

Avatar photo
Dhadingpost
शनिबार, अशोज २, २०७८

धादिङ असाेज २ । धादिङ जिल्ला भरिका साना किसान कृषि सहकारी सस्था लिमिटेडहरुको कर्मचारीहरु मिलेर निर्माण गरेको कृषि सहकारी कर्मचारी समाज धादिङको अध्यक्षमा नारायण सुवेदी चयन भएका छन् ।

कृषि सहकारी कर्मचारी समाज धादिङको शनिबार सम्पन्न प्रथम साधारणसभा तथा अधिबेशनले सुबेदिको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन गरेकाे हाे ।

कृषि सहकारीमा कार्यरत कर्मचारीहरुलाई आबद्ध गर्दै उनिहरुको क्षमता बिकास गरि कृषि सहकारीहरुमा कुशल कार्य सम्पादन गर्नु, साथै कर्मचारी ज्ञान सीप बृद्दि गर्न विभिन्न कार्यक्रम संचालन गर्ने यस्को उद्देश्य रहेको छ ।