नेपाल र अमेरिकाबीचको दोस्रो खेल आज

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज १, २०७८

एजेन्सी असोज १ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा दिउँसो ४:१५ बजे सुरु हुनेछ ।

सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । आज नेपाल अमेरिकाविरुद्ध लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । अमेरिका पनि नेपालविरुद्ध बदला लिने योजनामा हुनेछ । पहिलो खेलमा अमेरिकालाई हराएको नेपालले दोस्रो खेलमा भने घरेलु टिम ओमानविरुद्ध ५ विकेटले नै पराजित भएको थियो । यस्तै अमेरिकाले बिहीबार भएको खेलमा ओमानसँग ४ विकेटको हार व्यहोरेको थियो ।

लिग(२ मा नेपाल ६ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । अमेरिका १४ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । लिग-२ विश्वकप छनोटको एक रुप हो । सात टोली रहेको लिग-२ मा एक टोलीले ९ सिरिजसहित कुल ३६ खेल खेल्ने छन् । लिग-२ को शीर्ष तीन राष्ट्रले २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन् ।