
धादिङ असोज १ । धादिङबेसी स्थित नीलकण्ठ माध्यामिक विद्यालयमा कक्षा १२ मा पढ्ने छात्रा बिमला श्रेष्ठ यति खेर अस्पताल बेडमा छिन् । बोनम्यारो उत्पादन हुन नसकी टान्सपलान्ट गर्नु पर्ने भए सँगै अहिले सम्म परिवारले १० लाख खर्च गरि सकेको अबको थप उपचारमा आर्थिक कठिनाई भएकोले उनको परिवारले आर्थिक सहयोगको याचना गरेको छ ।
१८ वर्षिय विमला बचाउन एक दिनको खाजा कटाऔं, भोलीको दिन कल्ले देखेको छ, मानवियता देखाएर सकेको आर्थिक सहयोग गरौ भनेर आर्थिक संकलन गर्न आव्हान गरिएको धादिङबेसी पुछारबजार स्थित साघुटार समाजका अशोक अधिकारीले आव्हान गरेका छन् । यो आर्थिक संकलन सुरु गरेकै दिन धादिङबेसी पछारबजारमा रहेको श्रीकृष्ण रिजालले २० हजार र प्राईम हिमालय प्रालिका प्रकाश सिंखडाले ५ हजार सहयोग गरेका छन् ।
साघुटार समाजका अशोक अधिकारीलेले दिनु भएको जानकारी अनुसार पीडित विमलाको विषयमा बुझ्नको लागि उनको आमाको नम्बर 9841066925 वा अशोक अधिकारी 9841066602 अधिकारीलाई सम्पर्क गर्न सकिने छ भने । बिमलाको उपचारको लागि स्सुनिता श्रेष्ठको नाममा कृषि बिकाश बैंक धादिङ 0213001517124011 खातामा सहयोग रकम जम्मा गर्न सकिने छ ।
कसरी गरिन्छ बोनम्यारो ट्रान्सप्लान्ट
बिरामीलाई चिकित्सकले औषधि तथा केमोथेरापी दिएपश्चात् मात्र बोनम्यारो ट्रान्सप्लान्टको कार्य थालनी हुन्छ । अन्य प्रत्यारोपणभन्दा बोनम्यारो ट्रान्सप्लान्ट एकदमै जटिल प्रकारको हुन्छ । अन्य प्रत्यारोपणमा रगतको मात्रा शून्य बनाउनु आवश्यक हुँदैन भने यसमा रगतको मात्रा शून्य बनाउनुपर्ने हुन्छ ।यसमा सकभर ब्लडग्रुप मिलेकै राम्रो हुन्छ ।
सबै किसिमका जाँचहरू गर्ने गरिन्छ । साथै, शरीरमा अन्य भाइरसहरू छन् कि छैनन् भनेर पनि परीक्षण गरिन्छ । सबै परीक्षण मिलेपश्चात् बोनम्यारो दिने मान्छेलाई छालाबाट दिने एक प्रकारको औषधि दिइन्छ । बिरामीको रोगअनुसार कहाँबाट बोनम्यारो झिक्ने भन्ने कुराको यकिन हुन्छ ।रोगअनुसार बोनम्यारो निकालेपश्चात् प्रत्यारोपणका लागि विशेष प्रकारको कोठामा बिरामीलाई लगिन्छ ।
उक्त कोठामा एकदमै अत्याधुनिक प्रकारका मेसिनहरू जडान गरिएका हुन्छन् । ती मेसिनले प्रत्येक आधा सेकेन्डमा हावा स्वच्छ बनाउने काम गर्छन् । यस्तो मेसिन २४सै घण्टा कोठाभित्र रहनुपर्ने हुन्छ । उपचारका क्रममा बिरामीलाई चिकित्सकले औषधि तथा केमोथेरापी दिएपश्चात् मात्र बोनम्यारो ट्रान्सप्लान्टको कार्य थालनी हुन्छ ।
अन्य प्रत्यारोपणभन्दा बोनम्यारो ट्रान्सप्लान्ट एकदमै जटिल प्रकारको हुन्छ । अन्य प्रत्यारोपणमा रगतको मात्रा शून्य बनाउनु आवश्यक हुँदैन भने यसमा रगतको मात्रा शून्य बनाउनुपर्ने हुन्छ ।ट्रान्सप्लान्टका लागि बिरामी एउटै कोठाभित्र २१ दिनसम्म बस्नुपर्ने हुन्छ । बिरामीको खानपिनका लागि छुट्टै भान्साको व्यवस्था गरिएको हुन्छ ।
बिरामीलाई चलाउने रगत फरक प्रकारको हुन्छ । सीधै ब्लडबैंकबाट ल्याएर रगत चलाउन मिल्दैन । ब्लडबैंकबाट ल्याएको रगतलाई विशेष प्रकारको उपचार गरेर मात्रै चलाउनुपर्ने हुन्छ । बोनम्यारो ट्रान्सप्लान्टमा रहेका बिरामीको निगरानीका लागि २४सै घण्टा एक टिम छुट्याइएको हुन्छ ।
