नेकपा निकट अखिल (क्रान्तिकारी) धादिङको अध्यक्षमा राजकुमार तामाङ चयन

Avatar photo
Dhadingpost
बिहिबार, भदौ ३१, २०७८

धादिङ भदौ ३१ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अनेरास्वावियू (क्रान्तिकारी) धादिङको २४ औं जिल्ला भेला धुनीबेसी स्थित नाैविसेमा सम्पन्न भएको छ । भेलाले राजकुमार तामाङको नेतृत्वमा ३१ सदस्यीय जिल्ला समिति चयन गरेकाे छ ।

नेपाल कम्युनिस्ट पार्टी धादिङका पुर्व जिल्ला इञ्चार्ज एवम् वर्तमान सेक्रेटरी सुमन क्षेत्रीको प्रमुख आतिथ्यता, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का सचिव तथा जिल्ला सदस्य सागर तामाङको विशेष आतिथ्यतामा सम्पन्न उक्त भेलामा अतिथिहरु पुर्व जिल्ला सेक्रेटरी न्युटन, जिल्ला सदस्य तथा अखिल (क्रान्तिकारी) का पुर्व केन्द्रीय सदस्य उषा किरण, जिल्ला सदस्यहरु लेख बहादुर तामाङ, माइला गुरुङ र सहिद परिवारका सदस्य राम मानन्धर रहेका थिए ।

अखिल (क्रान्तिकारी) धादिङकाे सम्मेलनले असोज ६ गतेदेखि ८ गतेसम्म पोखरामा हुन गईरहेको अखिल (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलनका लागि ३ जना प्रतिनिधि र परेबेक्षक समेत छनौट गरेको सुन्दर लामाले धादिङपाेष्टलाई जानकारी दिए ।