माओवादी केन्द्रको अखिल क्रान्तिकारी धादिङको अध्यक्षमा विनोद आचार्य चयन

Avatar photo
Dhadingpost
बिहिबार, भदौ ३१, २०७८

धादिङ भदौ ३१ । धादिङबेसीमा सम्पन्न माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारी धादिङको २१ औं जिल्ला सम्मेलनले विनोद आचार्य अध्यक्ष रहने गरी ६१ जनाको जिल्ला समिति चयन गरेको छ ।

सम्मेलनबाट उपाध्यक्षमा गणेश गुरुङ, सुजाता कडेल र गजेन्द्र गुरुङ, सचिवमा रुपेस सिंखडा, सह-सचिवहरुमा प्रयास घले, निर्देश अर्याल र आकृति सिंखडा, कोषाध्यक्षमा सक्कल रिजाल चयन भएका छन् ।

अखिल क्रान्तिकारीले आजै जिल्ला सम्मेलनको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा ४ जनमा महिला र २४ जना पुरुष गरि २८ जनाले रक्तदान गरेका थिए ।