धादिङमा ३ हजार ३ सय २७ जना विद्यार्थी कक्षा १२ को परिक्षामा सहभागी

Avatar photo
Dhadingpost
भदौ ३१, २०७८

धादिङ भदौ ३१ । धादिङ जिल्लामा ३ हजार ३ सय २७ जना विद्यार्थी कक्षा १२ को परिक्षामा सहभागीता जनाएको शिक्षा विकास तथा समन्वय ईकाइ धादिङले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले बुधबारदेखी कक्षा १२ को परीक्षा शुरू गरे सँगै धादिङका ६९ वटा विद्यालयबाट ३ हजार ३ सय २७ जनाले परिक्षा दिएको शिक्षा विकास तथा समन्वय ईकाइ धादिङले जनाएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले ४ हजार ३ सय १५ विद्यालयमा होम सेन्टर कायम गरिएको जनाएको छ । परीक्षाको समन्वय प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित जिल्ला परीक्षा समितिले गर्नेछ । परीक्षामा १ हजारभन्दा बढी विद्यार्थी भएका ३४, ५ सयभन्दा बढी विद्यार्थी भएका ८९, सयभन्दा कम विद्यार्थी भएका करिब ३ हजार ४ सय, ५० भन्दा कम विद्यार्थी भएका २३, २५ भन्दा कम विद्यार्थी भएका करिब १ हजार १ सय विद्यालयमा परीक्षा हुनेछ ।

आगामी असोज ८ गतेसम्म सञ्चालन हुने परीक्षामा देशभरबाट कुल ३ लाख ७४ हजार ४ सय १३ परीक्षार्थी सहभागी हँुदैछन् । पछिल्लोपटक परीक्षा शुरु हुनु ८ दिन अघि गत साउन २३ गते परीक्षा स्थगित गरिएको थियो । बुधबारबाट शुरु भएको परीक्षामा आफ्नै विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको छ ।