अखिल (क्रान्तिकारी) धादिङको सम्मेलन आज अध्यक्षको आकांक्षी दुई जना

Avatar photo
Dhadingpost
भदौ ३१, २०७८

धादिङ भदौ ३१ । माओवादी केन्द्रको अखिल (क्रान्तिकारी) धादिङको २१ औं जिल्ला सम्मेलन आज धादिङबेसी स्थित क्रिक रिसोर्टमा हुँदैछ । यस सम्मेलनमा जिल्ला अध्यक्ष पदका लागि दुई जनाको दावी देखिएको छ ।

नीलकण्ठ बहुमखी क्याम्पस धादिङबेसीमा अध्ययनरत गणेश श्रेष्ठ र धुनीबेसी स्थित मछिन्द्र क्याम्पसमा अध्ययनरत विनोद आचार्यले जिल्ला अध्यक्ष पदका लागि दावी गरेका हुन् ।

जिल्ला सम्मेलन आयोजक समितिका संयोजक उपेन्द्र जमकट्टेलका अनुसार अध्यक्षमा दुई जनाको दावी आएको हो सहमति मै टुङ्याउने तयारीमा छौं, यी दुई मध्य एक जना अध्यक्ष र अर्कोलाई वरिष्ट उपाध्यक्ष बनाउने गरि संगठन र पार्टीमा छलफल भैरहेको संयोजक जमकट्टेलले जानकारी दिए ।