धादिङमा कांग्रेसको नगर/गाउँ सभापतिमा को-को लड्दै छन्

Avatar photo
Dhadingpost
बुधबार, भदौ ३०, २०७८

धादिङ भदौ ३० । नेपाली कांग्रेसको नगर/गाउँ अधिवेशन असोज ९ गते हुँदैछ । वडा अधिवेसन सम्पन्न भए सँगै धादिङमा कांग्रेस दुई समुहमा विभाजन छ । शेरबहादुर देउवा पक्षधर र रामचन्द्र पौडेल पक्षधरहरुको दुई समुह देखिएको धादिङमा भिम ढुङ्गाना देउवा निकट र रामनाथ अधिकारी रामचन्द्र पौडेल निकट देखिएका छन् ।

जिल्ला सभापतिमा उम्मेदवारी दिने तयारी स्वरुप वडा अधिवेशनमा प्रतिनीधिहरु आफ्नो पक्षमा लागेका थिए । यहि तयारी अनुरुप भिम ढुङ्गाना समुहले १ सय ४ वटा वडाहरु मध्ये ७० वटा वडामा सभापति सहित बहुमत प्रतिनीधि जितेको दावी गरेको छ । यो कुल संख्याको झण्डै ७२ प्रतिशत हो । ढुङ्गानालार्ई पुर्वमन्त्री दिलमान पाख्रिन र बागमती प्रदेश सभा सांसद डाक्टर राजाराम कार्कीले साथ दिँदै आएका छन् ।

वडा देखि नै लडाई रहेको यो दुई पक्षले धादिङका २ नगरपालिका र ११ गाउँपालिकामा प्यानल नै बनाएर अधिवेशनमा जाने आन्तरिक तयारी गरेको बताईन्छ । यसका लागि दुबै समुहले चुनवी रणनितिका लागि छुट्टाछुट्टै अनौपचारिक रुपमा सचिवालय समेत संचालनमा ल्याएका छन् । अहिले सम्म नगर/गाउँ सभापतिका आकांक्षी सबैले प्यानल ठोस गरि सकेका छैनन् भने नीलकण्ठमा ४ जना, नेत्रावती डवजोङमा ३ जना, ज्वालामुखीमा ३ जना सिद्धलेकमा ३ जना सभापतिका लागि उम्मेदवारी दिने तयारीमा रहेको कांग्रेस स्रोतले धादिङपोष्टलाई जानकारी दिएको छ ।

को-को उठ्दै छन् ? नगर/गाउँ सभापतिमा
१. नीलकण्ठमाः प्रविण कुमार श्रेष्ठ, राजेन्द्र अधिकारी, ध्रुव रिजाल र होम गुरुङ
२. धुनीबेसीमाः सुरज उप्रेती र प्रकाश हमाल
३. गंगाजमुनाः फैसिङ तामाङ र भरत ढकाल
४. खनियाबासः मरिचमान तामाङ र हरी तामाङ
५. थाक्रेः अमृत थापा र साधुराम थापा
६. त्रिपुरासुन्दरीमाः राजु उप्रेती र लेखप्रसाद बुर्लाकोटी
७. नेत्रावती डबजोङमाः मेघनाथ रिजाल, विजय पाख्रिन र ठाकुर गुरुङ
८. गल्छीमाः भाइकाजी तिवारी र दिपक कार्की
९. ज्वालामूखीमाः मदनकुमार श्रेष्ठ, रेशम काप्री र रणबहादुर शाही
१०. सिद्धलेकमाः विष्णु रुपाखेती, रामशरण गिरी र भिमकान्त सिलवाल
११. गजुरीमाः भुमि कँडेल,
१२. बेनिघाटमाः ऋषि त्रिपाठी
१३ रुबीभ्यालीः

नेपाली काग्रेसको गाउँ र नगरपालिका अधिवेशन असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते, संघीय प्रतिनिधिसभा क्षेत्रीय र एक मात्र संघीय निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन असोज १५ गते जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १०,११ र १२ गते र केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गते हुनेछ ।