
धादिङ भदौ ३० । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समितिको पहिलो बैठक आज धादिङबेसीमा बस्ने भएको छ । माओवादी केन्द्रको केन्द्रिय समितिले तल देखि माथि सम्म पार्टीलाई नयाँ लाने संरचनामा निर्णय गरे सँगै माओवादी केन्द्र अब कमिटीमा नरहेर समन्वय समितिको संरचनामा रहने भएको छ । केन्द्रको यो निर्णय सँगै धादिङमा हाल पुरानो जिल्ला कमिटी नै जिल्ला समन्वय समितिमा रुपान्तरण भएकोे माओवादी केन्द्र धादिङका नेता दिपक लामिछाने बताउँछन् ।
आज हामी धादिङबेसीमा पहिलो बैठक बस्दै छौ, बैठकले सदस्यता विस्तार तथा नविकरण, जन वर्गिय संगठनहरुको जिल्ला भेला तथा सम्मेलनहरु, जिल्ला पार्टी कार्यालय भवन निमार्णका लागि आर्थिक संकलन लगायतका विषयमा थप निर्णय गर्ने नेता लामिछानेले बताए ।
धादिङको जिल्ला इन्चार्जमा शालिकराम जमकट्टेललाई केन्द्रले र सह इन्चार्जमा रामबहादुर भण्डारी, अध्यक्षमा विजय बुर्लाकोटीलाई प्रदेशले जिम्मेवारी ठोस गरेपनि अन्य पदमा भने आजको बैठकमा छलफल हुन सक्ने समेत बताईएको छ ।
