पालुँगमा चार जिल्लाका स्थानीय तहका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको कार्यशाला सुरु

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ २९, २०७८

धादिङ भदौ २९ । मकवानपुर जिल्लाको पालुँगमा बागमती प्रदेश अन्तरगत काठमाडौ, धादिङ, चितवन र मकवानपुरका स्थानीय तहका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरूको दुई दिने कार्यशाला सुरुभएको छ ।

सार्वजनिक खरिद व्यवस्थापन, वेरूजु फर्छ्यौट तथा लेखा परीक्षण, बिकासका आयाममा हालसम्मको प्रयास र भावी दृष्टिकोण तथा राजनीति र प्रशासन बीचको स्थानिय तहमा देखिएका सिमांकन र सोको व्यवस्थापन जस्ता मुख्य विषयहरु कार्यशालामा छलफल हुने दिपेनद्र सुवेदिने धादिङपोष्टलाई जानकारी दिनु भयो ।

४ जिल्लाका ४० स्थानीय तहका यी प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरु सहभागी हुने यस दुई दिवसीय गोष्ठीलाई सुशासन कार्यदक्षतामा निखारता आउने अपेक्षा गरिएको छ ।