आमाको छात्रवासमा खेलकुद गरी बाल दिवस मनाईयो

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ २९, २०७८

धादिङ भदौ २९ । धादिङबेसी स्थित आमाको छात्रवासमा नीलकण्ठ युवा सर्कल, नीलकण्ठ स्काउट ग्रुपले ‘सामान्य अवस्था वा कोभिड महामारीः बाल अधिकारको संरक्षणमा हामी सबैको जिम्मेवारी’ भन्ने नाराको साथ विविध कार्यक्रम गरी ५७ औं बालदिवस बनाएको छ । १६ जना बालबालिका रहेको उक्त छात्रावासमा भएको उक्त कार्यक्रममा म्युजिकल चियर, चक्लेट कलेक्सन लगायतका खेलकुद र विद्यार्थीहरुलाई स्टेशनरी वितरण कार्यक्रम भएको नीलकण्ठ युवा सर्कलका नायक राजेन्द्र रानामगरले बताए ।

नीलकण्ठ नगरपालिकाका स्रोतव्यक्ति मेघनाथ कोईरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नीलकण्ठ माध्यामिक विद्यालयका प्र. अ. ध्रुव अधिकारी, नारायण तिमल्सिना, डा. नविनबन्दु पहाडी लगायतको आतिथ्यता रहेको थियो ।