नर्वेमा बामपन्थी दललाई स्पष्ट बहुमत प्राप्त

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ २९, २०७८

एजेन्सी भदौ २९ । तेल उद्योगको राष्ट्रिय मुद्दा बनाई आम निर्वाचनमा होमिएको बामपन्थी दल लेबर दलले नर्वेमा स्पष्ट बहुमत प्राप्त प्राप्त गरेको छ । ९७.५ प्रतिशत मतगणना हुञ्जेल लेबर र अन्य चार मध्यबामपन्थी दलले एकसय सिट हासिल गर्ने अपेक्षा गरिएको छ । निर्वाचन आयोगको मतगणनामा अहिले ८१ सिट ती दलले जितेका छन् ।

नर्वेली संसदको १६९ सिटमध्ये सामान्य बहुमतका लागि ८५ सिट आवश्यक पर्छ । ‘नर्वेले स्पष्ट संकेत गरेको छ कि नर्वेली जनता निश्पक्ष समाज चाहन्छन्’ सामाजिक असमानताविरुद्ध अभियान चलाएका ६१ वर्षिय एक नर्वेली अर्बपतिले भने ।‘नयाँ सरकार गठनका लागि आवश्यक स्पष्ट बहुमत प्राप्त गरेकोमा म जोनस घार स्टोरलाई बधाइ दिन चाहन्छु’ ६० वर्षिय वर्तमान प्रधानमन्त्री सोलबर्गले हार स्वीकार्दै भनिन् ।