धादिङमा कांग्रेसको अधिवेशन रौनकः ढुङ्गाना र अधिकारीमा को बलियो

Avatar photo
Dhadingpost
सोमवार, भदौ २८, २०७८

धादिङबेसी भदौ २८ । नेपाली कांग्रेस धादिङको १०४ वटामा वडा अधिबेशन सम्पन्न भए सँगै भिम प्रसाद ढुङ्गाना र रामनाथ अधिकारी मध्य को जिल्ला सभापतिमा बन्ला चासोको साथ हेरिन थालिएको छ ।

प्रधानमन्त्री शेर बहादुर निकट मानिने भिम प्रसाद ढुङ्गाना र रामचन्द्र पौडेल निकट मानिने रामनाथ अधिकारी बीच जिल्ला सभापतिमा लडाई हुने प्रष्ट जस्तै भएको र यो पटक भिम ढुङ्गानाको पल्लाभारी हुनेगरी प्रतिनीधि छनोट भएको कांग्रेस स्रोत बताउँछ ।

भदौ २१ गते सम्पन्न क्षेत्रीय प्रतिनिधिहरुको निर्वाचनका क्रममा ढुंगाना पक्षधर धेरै प्रतिनिधि निर्वाचित भएर आएको स्रोतको दाबी छ । अर्को पक्ष रामनाथ अधिकारी समुहले पनि आफ्ना प्रतिनिधि उल्लेख्य रुपमा आएको प्रचार गरीरहे पनि आन्तरीक बैठकहरुमा आफुहरु लगभग ४० प्रतिशतको हाराहारीमा रहेको समिक्षा हुने गरेको स्रोतको दावी छ । ‘सोचे जस्तो परिणामा हाँसिल गर्न सकिएन, प्रतिनीधि छनोटमा उत्तरी क्षेत्र नराम्ररी बिग्रियो ।’ अधिकारी पक्षका एक नेताले नाम उल्लेख नगर्ने शर्तमा भने ‘दक्षिण क्षेत्र पनि सोचे जस्तो भएन, बाहिर त राम्रै छ भनेका छौं, तर अवस्था सोचे जस्तो छैन ।’

१ सय ४ वटा वडाहरु मध्ये ढुंगाना पक्षधरले ७० वटा वडामा सभापति जितेको दाबी गरेको छ । यो कुल संख्याको झण्डै ७२ प्रतिशत हो । यस पटक पुर्व मन्त्री दिलमान पाख्रिन र बागमती प्रदेश सभा सांसद डाक्टर राजाराम कार्की पनि ढुङ्गानालाई जिल्ला सभापति बनाउने अभियानमा छन् ।

नेता तथा कार्यकर्ता बीच राम्रो सम्बन्ध राख्ने यी दुई नेता मध्य ढुङ्गाना यस अघिको निर्वाचनमा रमेश धमला सँग २६ मतले पराजित भएका थिए, भने अधिकारी दुई पटक जिल्ला सभापति बनिकेका छन् । पटक-पटक एउटै व्यक्ति एउटै पदमा रहन नहुने आवाजले पनि अधिकारीलाई कमजोर बनाएको र ढुङ्गाना समुह हावि भएको धादिङका पौडेल पक्षका नेताहरु बताउँछन् ।