एनएफपीजे नुवाकोटको अध्यक्षमा प्रकाश सिलवाल

Avatar photo
Dhadingpost
भदौ २७, २०७८

नुवाकोट भदौ २७ । राष्ट्रिय फोटो पत्रकार समुह जिल्ला शाखा नुवाकोटको अध्यक्षमा प्रकाश सिलवाल चयन भएका छन् । केन्द्रिय अध्यक्ष राजेन्द्र चित्रकारको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न नुवाकोट भेलाले प्रकाश सिलवालको अध्यक्षमा ७ सदस्यी जिल्ला शाखा गठन भएको हो ।

नुवाकोट भेलाले जिल्ला उपाध्यक्षमा हरिराम भेटुवाल, सचिवमा महेन्द्र अधिकारी, कोषाध्यक्षमा केरिना शाक्य सदस्यहरुमा संजय भट्ट, उषा रेग्मी र शन्नी श्रेष्ठलाई चयन गरेको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य ध्रुब रावल, पत्रकार महासंघ वागमती प्रदेशका अध्यक्ष शिव देवकोटा, एनएफपिजेका केन्द्रिय सदस्य नवराज श्रेष्ठ, केन्द्रिय कोषाध्यक्ष सागर श्रेष्ठ, केन्द्रिय सदस्य प्रदीप श्रेष्ठ, नेपाल पत्रकार महासंघ शाखा नुवाकोटका अध्यक्ष कपिलदेव खनाल, जिल्ला सचिव जगदीश खनाल, पत्रकार महासंघ वागमती प्रदेशका सदस्य रामहरि गजुरेल, एनएफपिजे वागमती प्रदेशका अध्यक्ष नारायण सिलवाल, सचिव राजन अधिकारी र कोषाध्यक्ष लोकेश लिम्बू लगायतको आतिथ्यता रहेको थियो ।