धादिङ भदौ २६ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानटारमा आज प्राथमिक उपचार दिवसको अवसरमा ५० जनाले गरे रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाईटी आगिञ्चोक उप–शाखाको आयोजनामा भएको रक्तदान कार्यक्रममा ६ जना महिला र ४४ जना पुरुष गरी ५० जनाले रक्तदान गरेका धादिङ रेडक्रसका उप–मन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिए ।