विप्लव नेतृत्वको नेकपाद्वारा धादिङबेसीमा एमसीसी विरुद्ध प्रदर्शन

Avatar photo
Dhadingpost
भदौ २६, २०७८

धादिङ भदौ २६ । नेत्र विक्र मन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले धादिङबेसी बीचबजार चोकमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध प्रदर्शन गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी धादिङले शुक्रबार गरेको उक्त प्रदर्शनमा धादिङ पुर्व जिल्ला ईन्जार्च तथा विशेष समिति सदस्य राम बहादुर श्रेष्ठले अमेरिकाले नेपाललाई ईन्डोप्यासिपिक सैन्य रणनिति अनुसार नेपालमा भारत चिनका बीचमा बसेर नेपाललाई सैन्य अखडा बनाउन खोजेको बताएका थिए । अमेरिका जुन जुन देशमा पुगेको छ, त्यहाँ बितण्डा मात्रै मच्चाएको ईतिहास छ, नेपाललाई पनि आफ्नो सैन्य रणमैदान वनाउन अमेरिकी साम्राज्यवादले एमसीसी मार्फ नेपाल छिर्न खोजेकाले सवै नेपाली सचेत रहनु पर्ने श्रेष्ठले बताए ।

यसैगरि विरोध सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी धादिङका जिल्ला पुर्व ईन्चार्ज तथा सेक्रेटरी सुमन क्षेत्रीले राष्ट्रप्रेमी जनसमुदायहरुले राष्ट्रघाति यस परियोजना बहिष्कार गर्नुपर्ने बताएका थिए । सहयोग लिदिनु पर्यो भन्दै नेपालका संसदवादी राजनितिक पार्टीका घरघरमा मिलिनियम च्यालेन्ज कर्पोरेसन परियोजनाकी उपाध्यक्ष फतिमा सुमार चाहारी हारगुहार गरि रहेकी छिन यो कदापी राष्ट्रहितमा नभएको छैन हामी सचेत बन्नु पर्ने समनको भनाई थियो ।