
धादिङ भदौ २४ । धादिङमा कांग्रेस अधिवेशन केन्द्रित बनि सकेको छ, ज्वालामुखी ४ बाहेक १०३ वडा अधिवेसन समेत सम्पन्न गरि सकेको कांग्रेस धादिङ यतिबेला प्रष्ट दुई समुहमा बाँडिएको देखिन्छ । प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा निकट रहेको समुहको नेतृत्व भिम प्रसाद ढुङ्गानाले गरेको देखिन्छ भने रामचन्द्र पौडेल पक्षधरहरुको नेतृत्व रामनाथ अधिकारीले गरेको देखिन्छ ।
१३ औं जिल्ला अधिवेशनमा थोरै मतान्तरले पराजित देउवा पक्षका भिम प्रसाद ढुङ्गाना यस पटक जितको लक्ष्य सहित फेरि सभापतिको उम्मेदवारी दिने तयारी जुटेका छन् भने २ कार्यकाल सभापति बनि सकेका रामनाथ अधिकारी पौडेल पक्षधरबाट पुन: सभापति बन्ने दौडमा छन् ।
त्यसो त धादिङका सभापति रमेश धमला पुन जिल्ला सभापति बन्ने ईच्छा नदेखाएका भने होईनन् तर भिम ढुङ्गाना सँग अहिले प्रतिपर्धा रामनाथ अधिकारीले मात्रै गर्न सक्ने पौडेल पक्षधरहरुको निष्कर्ष पछि धमला पछाडी हटेर रामनाथ अधिकारीलाई अघि सारेको बताईन्छ ।
वडा अधिवेशनबाट प्रतिनीधि छनोट भएर आउन अव ज्वालामुखी ४ को मात्रै बाँकी छ । मध्य र उत्तरी क्षेत्रका ५१ वडा मध्य ४३ वटा वडामा वडा सभापति सहित बहुमत प्रतिनीधि र दक्षिण धादिङ आसपासका ५३ वटा वडामा ५८ प्रतिशत वडा सभापति सहित बहुमत प्रतिनीधि आफ्नो पक्षमा आएको ढुङ्गाना समुहले दावी गरेको छ भने रामनाथ समुहले दक्षिण धादिङ आसपासका ५३ वडाहरुमा आफ्नो ६० प्रतिशत वडा सभापति सहित बहुमत सदस्य र मध्य र उत्तरमा वडा सभापति केहि ढुङ्गानालाई छाडेर चलाखी पूर्ण तरिका बहुमत प्रतिनीधिहरु आफ्नो पक्षको ल्याएको अधिकारी समुहको दावी छ ।
वडा अधिवेशनमा क्रियाशिल सदस्य तानातानमा देखिएको यो समुह अव प्रतिनीधि तानातानमा पुग्ने प्रष्ट स्वरुप देखिएको छ भने दुबै समुहका नेताहरु भाद्र २७ गते हुने पालिका स्तरीय अधिबेशन केन्द्रित भएको छन् ।
दुई-दुई पटक रामनाथ अधिकारी सभापति बनि सकेको र विकास र भिजन सहितको लिडरका रुपमा चिनिएका भिम ढुङ्गानालाई सभापति बनाउने मत पौडेल पक्षका प्रतिनीधिहरुमा समेत बहस चल्न थालेकोले यो पटक भिम ढुङ्गानालाई सहमति मै सभापति बनाउनु पर्ने छलफल पनि केहि नेताहरुले सुरु गरेको कांग्रेस स्रोतले बतायो ।
धादिङमा देउवा पक्षधर नेताहरु
दिलमान पाख्रिन
भिमप्रसाद ढुङ्गाना
शिवराज अधिकारी
डा. राजाराम कार्की
हरिराम बुर्लाकोटी
कल्पना अधिकारी
तिलक रुवाली
रामकृष्ण अधिकारी
माधव पाण्डे
धुर्व थपलिया
मधु कुमार श्रेष्ठ
श्याम सुवेदी
ईन्द्र कंडेल
रबि सुदन थापा
कबिताईटनि
ज्ञानेन्द्र सिल्वाल
धादिङमा रामचन्द्र पक्षधर नेताहरु
हरि अधिकारी
रामनाथ अधिकारी
रमेश धमला
बासु तिमल्सिना
विनोद तिमल्सिाना
फडिकान्त छत्कुली
भक्त लामा
विश्व अर्याल
शिव सुवेदी
जिवनाथ ढकाल
कृष्ण रिजाल
शरद अधिकारी
नन्दलाल श्रेष्ठ
सुरज उप्रेति
गोपि रिमाल
उर्मिला थपलिया

