प्रेममा

Avatar photo
Dhadingpost
बिहिबार, भदौ २४, २०७८

गजल
समस्त भाव झल्किदै दिवार खुल्छ प्रेममा
सहेर चाेट यातना, सुवास घुल्छ प्रेममा

नराेज मार्ग द्वन्दकाे, समाज खाेज्छ साधना
र हात देउ हर्षले, तनाव भुल्छ प्रेममा

सधैं उजाड हुन्न है, पलाउने छ जिन्दगी
मिलाप शान्त भैदिए, विकास झुल्छ प्रेममा

बगेर जान्छ आँसुमा, अपार दर्द यन्त्रणा
म साथ दिन्छु सुन्दरी , पराग डुल्छ प्रेममा

कसेर बाहुपासमा, सजाउँला मनैभरि
लजाउदै रहू तिमी, र स्वप्न फुल्छ प्रेममा

वहर: हजज मुसम्मन मकबुज
सत्र: मफाइलुन् *४
(१२१२*४) ISIS* ४
चन्द्रागिरि नपा-६, मातातीर्थ, काठमाडौं