
काठमाडौं भदौ २३ । प्रतिनिधिसभाको आजको बैठक चलिरहँदा एमालेसम्वद्ध युवा संघ र अनेरास्ववियूका नेता तथा कार्यकर्ताले संसद भवन बाहिर सभामुख अग्नी सापकोट विरुद्ध कालो बेलुन उडाएका छन् ।
प्रतिनिधिसभा बैठकमा प्रमुख विपक्षी नेकपा एमालेले सभामुखमाथि प्रश्न उठाउँदै आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई समयमै पदमुक्त नगरेर दल विभाजनमा सहयोगी भूमिका खेलेको आरोप लगाई रहेका बेला । संसद भवन बाहिर युवा संघ र अनेरास्ववियूका नेतारकार्यकर्ताले बेलुन उडाएका हुन् ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमालेले कारबाही गरेका सांसदहरुलाई पदमुक्त नगरेको भन्दै सभामुखमाथि प्रश्न उठाए । पार्टी फुटिसकेपछि केही गर्नु नपर्ने भनेर निर्णय गरेको भन्दै उनले सोधे, ‘तपाईले नेकपा एमालेले कारबाही गरेका सांसदहरुलाई बचाउन र नेकपा एमाले टुक्र्याउन किन सारथिको भूमिका निभाउनु भयो ?’ फोटो स्रोत नेपाल प्रेस
