बागमतीमा १० नयाँ मन्त्री थप

Avatar photo
Dhadingpost
भदौ २३, २०७८

धादिङ भदौ २३ । बागमती प्रदशमा आज मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नयाँ १० जना मन्त्री थप गरेकी छिन् ।

नवनियुक्त आन्तरिक मामिला तथा कानूनमन्त्री अजय क्रान्ति शाक्य, आर्थिक मामिला तथा योजनामन्त्री रचना खड्का, सामाजिक विकास मन्त्री विजय सुवेदी, स्वास्थ्य मन्त्री प्रदीपकुमार कटुवाल, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री शान्तिप्रसाद पौडेल, भूमि व्यवस्था तथा सहकारी मन्त्री चन्द्र लामाले सपथ लिएका हुन् ।

त्यस्तै नवनियुक्त स्वास्थ्य राज्यमन्त्री जुनेलीमाया श्रेष्ठ, भौतिक पूर्वाधार विकास राज्यमन्त्री जीवन खड्का, उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री सरस्वती वाटी र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री बद्री मैनालीले पनि सपथ लिएका छन् ।

यसअघि नै मन्त्री नियुक्त भएका केशवराज पाण्डेले भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
मुख्यमन्त्री शाक्यले सरकार गठनको २१ दिनपछि मन्त्रिपरिषद्लाई पूर्णता दिएकी हुन् ।