मुख्यमन्त्री शाक्यले मन्त्रिपरिषद् विस्तार गर्दै, ५ मन्त्री र ४ राज्यमन्त्रीलाई आजै शपथ गराउन गराईने

Avatar photo
Dhadingpost
बुधबार, भदौ २३, २०७८

धादिङ भदौ २३ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छिन् । आजै दिउँसो दुई बजे ९ जना मन्त्रीलाई शपथ खुवाउने तयारी गरिएको आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डेले जानकारी दिए । उनका अनुसार ९ जना मध्ये पाँचजना मन्त्री र चार जना राज्यमन्त्रीलाई शपथ गराउन लागिएको हो ।

बागमती प्रदेशमा हाल दुई सदस्यीय मन्त्रीमण्डल छ । केशवराज पाण्डेले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हालेका छन् । यसअघि सामाजिक विकासमन्त्री कृष्णप्रसाख खनालले राजीनामा दिएका थिए । उनले माधव नेपाल नेतृत्वको समाजवादीमा सनाखत गरे संगै मन्त्री पदबाट राजीनामा दिएका थिए ।

स्रोतका अनुसार मन्त्रीहरुको नाम पनि टुङ्गो लागिसकेको छ । मन्त्री बन्नेहरुमा विजय सुवेदी, प्रदीप कटुवाल, बद्री मैनाली, जीवन खड्का, जुनेली श्रेष्ठ, रचना खड्का, शान्तिप्रसाद पौडेल, अजयकान्ति शाक्य र सरस्वती रहेका छन् । आज ९ जना मन्त्री थपिएपछि बागमती प्रदेशको मन्त्रिपरिषद् राज्यमन्त्रीसहित ११ सदस्यीय हुनेछ ।