देउवाले चुनावी सरकारको नेतृत्व गर्ने गरी, कांग्रेस-एमाले बीच छलफल सुरु

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ २२, २०७८

काठमाडौं भदौ २२ । एमसीसीका कारण नेपालमा फेरि राजनीतिक ध्रुविकरणले नयाँ मोड दिने गरि गृहकार्य सरुभएको छ । स्रोतका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल एमालेका नेताहरुसँग तत्काल चुनावमा जाने र चुनावी सरकारको नेतृत्व आफैले गर्ने गरि एमाले सँग छलफल अगाडी बढाएका छन् ।

पछिल्लो समय सत्तापक्षीय गठबन्धनमा खटपट सुरु भएको छ । खासगरी मन्त्रालय भागबण्डालाई लिएर सत्तापक्षीय गठबन्धनमा खटपट सुरु भएको बुझिएको छ । अमेरिकी सहयोग सम्झौता एमसीसीलाई संसद्बाट अनुमोदन गर्ने सवालमा पनि प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच भद्र सहमति रहेको चर्चा भैरहेको छ । तर, यसबारेमा ओलीले भने अहिलेसम्म सार्वजनिक रुपमा एमसीसी पारित गर्नेबारे कुनै अभिव्यक्ति दिएका छैनन् ।

एमसीसी के हुन्छ ? भन्दै सत्तापक्षीय गठबन्धनमा आवद्ध दलका नेताहरुलाई उनले प्रश्न गरिरहेका छन् । गठबन्धन सही ढंगले चल्न नसकेको अनुभव गरेका देउवाले एमालेको साथ लिएर मुलुकलाई आगामी मंसिरपछि चुनावमा लैजाने तयारी गरेको पनि गाईँगुईँपनि चलिरहेको छ । अहिले एमाले र कांग्रेस दुवै पक्षका दोस्रो तहका नेताहरुबीच यसबारेमा छलफल अघि बढेको स्रोतको दाबी छ ।