धादिङ भदौ २२ । निर्वाचन आयोगले जनप्रतिनीधिहरुलाई दिएको दल परिवर्तन गर्न पाउने समय सिमा आज सकिएको छ । धादिङमा एमालेबाट निर्वाचित ८५ जना जन प्रतिनीधिहरुले नेकपा एकीकृत समाजवादीमा जान निवेदन दिएछन् भने यस मध्य ६ जनाले निवेदन फिर्ता गर्न पुन अर्को निवेदन गरेका छन् ।
धादिङमा एमालेबाट निर्वाचित ८५ जनाले दल परिवर्तको लागि निवेदन दिनु भएकोमा फेरी यहि मध्यबाट ६ जनाले दल परिवर्तन नगर्ने भनेर पुन अर्को निवेदन दिनु भएको छ, हामीले निवेदन संकलन गरेका हौं, अन्तिम निर्णय आयोगले गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
धादिङका स्थानीय तहमा एमालेबाट विभिन्न पदमा ३०९ जना निर्वाचित बनेका थिए । धादिङको १३ वटा स्थानीय तह मध्य ८ वटा एमालेले जितेको थियो त्यो मध्य ६ वटा गाउँपालिका थाँक्रे, गजुरी, सिद्धलेक, नेत्रावती डवजोङ, त्रिपुरासुन्रदरी र गंगाजमुनाका प्रमुखहरुले एमालेमै रहने घोषणा गरि सकेका छन् भने बाँकी २ वटा स्थानीय तहहरु धुनीबेसी नगरपालिका र गल्छी गाउँपालिकाका प्रमुखहरुले नेकपा एकीकृत समाजवादी रोजेकाे एमाले स्रोतले जनाएको छ ।