
एजेन्सी भदौ २२ । ओमानको अल अमिरात क्रिकेट मैदानमा मंगलबार भएको एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले पराजित गरेको छ । पीएनजीले दिएको १ सय ३५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ३९ ओभर ३ बलमा ८ विकेट गुमाएर गुमाएर लक्ष्य पुरा गेको हो ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ३३ ओभरमा अलआउट हुँदै १ सय ३४ रन बनाएको थियो । पीएनजीका लिगा सिआकाले सर्वाधिक ३० रन बनाए । त्यस्तै चार्लेस अमिनीले २३ रन जोड्दा गौडी टोकाले २२ रन बनाए । किप्लिन डोरिगा १५ रनमा आउट हुँदा सेसे बाउ १४ रनमा आउट भए । कप्तान असाद भाला ४ रनमा आउट हुँदा टोनी उरा र नोसिना पोकाना १र१ रन तथा जासन किला र डामिन राभु सुन्य रनमा पेभेलियन फर्किए । चाड सोपेर १७ रनमा अविजित रहे ।
नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए । उनले १० ओभरमा ३५ रन खर्चिएर ४ विकेट लिएका हुन् । डेब्यु खेलाडी बिक्रम सोबले २ विकेट लिए । बिक्रमले ५ ओभरमा एक मेडनसहित २० रन खर्चिएर २ विकेट लिएका हुन् । बिक्रम डेब्यु खेलको पहिलो बलमै विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन् ।यस्तै कुशल मल्लले २ तथा सोमपाल कामीले एक विकेट लिए ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग दुई खेलको सिरिज खेलिरहेको हो । नेपाल र पीएनजीबीचको दोस्रो खेल शुक्रबार हुनेछ ।