धादिङमा कांग्रेसको १०० वडामा अधिवेशन सकियो, सहमती नजुटे आज ४ वटा वडामा निर्वाचन हुने

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ २२, २०७८

धादिङ भदौ २२ । धादिङमा कांग्रेसले ९९ वटा वडामा निर्विरोध र ४५ जना क्रियाशिल सदस्य भएको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ८ मा निर्वाचन गर्दै सोमबार १०० वटा वडामा अधिवेशन सम्पन्न गरेको छ । सहमति हुन नसकेको नीलकण्ठ नगरपालिकाको ३ र ७, ज्वालामुखी गाउँपालिकाको ४ र त्रिपुरासुन्दरी गाउँपालिकाको २ नम्बर वडामा अझै सहमतिको प्रयास जारि रहेको र सहमति जुट्न नसके आजै निर्वाचन प्रक्रियामा जाने कांग्रेस धादिङले जनाएको छ ।

धादिङमा कांग्रेसको १५ हजार ७ सय ८८ जना क्रियाशिल सदस्यहरु छन् । १०४ वटै वडा अधिवेशन सम्पन्न भएपछि धादिङमा २४ सय ३ जना वडा कार्यसमितिमा निर्वाचित हुनेछन् भने १९ सय ७० जना क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुनेछन् ।

कांग्रेस धादिङबाट ५० जना संघीय महाधिवेशन प्रतिनीधिहरु छनौट हुनेछन् । प्रदेश अधिवेशनका लागि धादिङबाट ६८ जना प्रदेश अधिवेशन प्रतिनिधि जानेछन् । संघीय महाधिवेशन प्रतिनिधि स्वतः प्रदेश महाधिवेशन प्रतिनिधि हुने भएकाले प्रदेश महाधिवेशन प्रतिनिधिको संख्या १ सय १८ छ । यो अधिवेशनबाट ४ वटा प्रदेश कार्यसमिति, २ वटा संघीय क्षेत्र कार्यसमिति र एउटा जिल्ला कार्यसमिति चयन हुनेछ ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा प्रदेश अधिवेशनका लागि धादिङ जिल्लाको ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट तपसिल बमोजिमको प्रदेश अधिवेशन प्रतिनिधि छनौट हुनेछन् ।
धादिङ क्षेत्र न. १(क)
१. खुल्ला तर्फ ३ महिला सहित १० जना
२. खस आर्य तर्फ १ महिला सहित २ जना
३. आदिवासी जनजाती तर्फ १ महिला सहित ३ जना
४. दलित तर्फ १ जना
धादिङ क्षेत्र न. १(ख)
१. खुल्ला तर्फ ३ महिला सहित १० जना
२. खस आर्य तर्फ १ महिला सहित २ जना
३. आदिवासी जनजाती तर्फ १ महिला सहित ३ जना
४. दलित तर्फ १ जना
धादिङ क्षेत्र न. २(क)
१. खुल्ला तर्फ ३ महिला सहित १० जना
२. खस आर्य तर्फ १ महिला सहित २ जना
३. आदिवासी जनजाती तर्फ १ महिला सहित ३ जना
४. दलित तर्फ १ जना
धादिङ क्षेत्र न. २(ख)
१. खुल्ला तर्फ ३ महिला सहित १० जना
२. खस आर्य तर्फ १ जना
३. आदिवासी जनजाती तर्फ २ महिला सहित ४ जना
४. दलित तर्फ १ जना

धादिङ जिल्लाबाट तपसिल बमोजिमको केन्द्रीय महाधिवेशन प्रतिनिधि छनौट हुनेछन् ।
धादिङ क्षेत्र न. १
१. खुल्ला तर्फ ४ महिला सहित १४ जना
२. खस आर्य तर्फ २ महिला सहित ४ जना
३. आदिवासी जनजाती तर्फ २ महिला सहित ५ जना
४. दलित तर्फ १ जना
धादिङ क्षेत्र न. २
१. खुल्ला तर्फ ४ महिला सहित १४ जना
२. खस आर्य तर्फ १ महिला सहित ३ जना
३. आदिवासी जनजाती तर्फ ३ महिला सहित ६ जना
४. दलित तर्फ १ जना