‘सी’ लिग छनोटको पहिलो चरणबाट बाहिरिए धादिङका दुई टिम

Avatar photo
Dhadingpost
आइतवार, भदौ २०, २०७८

धादिङ भदौ २० । सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोट प्रतियोगिताको एउटै समुहमा परेका धादिङका दुई टिम लगनशील युवा समाज ज्वालामुखी र शुभारम्भ युवा समाज गल्छी बाहिरिदा ललितपुरको इमाडोल युवा क्लव समुह विजेता बन्दै नकआउट चरण प्रवेस गरेको छ ।

भाद्र १६ गते गल्छीले ज्वालामुखीलाई १ गोलले हराएर अगाडी बढेको गल्छी भाद्र १८ गते इमाडोल सँग बराबरी खेलेको थियो । यो सँगै समुह विजेतको लागि आज ललितपुरको इमाडोल र ज्वालामुखीको खेल नतिजा कुरेको गल्छीले इमाडोलले ३–१ गोल अन्तरले विजयी भए सँगै गल्छीको समुह विजेता बन्ने आशा तुहिएको थियो ।

इमाडोललाई समुह विजेता बन्नका लागि ५३ औ मिनेटमा जर्सी नम्बर १० का अर्जुन लिम्बुले १ गोल र जसीृ नम्बर १९का दिपेस याथाले खेलको ६१ र ६६ मिनेटमा २ गोल गरेका थिए । इमाडोलको ३ गोलका विरुद्ध ज्वालामुखीका जर्सी नम्बर ९ का संजिव गिदेल मगरले खेलको ६८ मिनेटमा १ गोल गरेका थिए ।

अब इमाडोल दोस्रो चरण तथा नक आउट चरण गरेको छ यो चरणलाई ३ समूहमा विभाजन गरिएको छ । ‘सी’ छनौटबाट तीन टिम ‘सी’ डिभिजनमा बढुवा हुनेछन् ।