
धादिङ भदौ २० । धादिङका माओवादी सुभचिन्तकहरुले अहिले पनि खोजी रहने जनयुद्धमा खारिएका माधव लामिछाने (समिर) माओवादी केन्द्र रसुवाको संयोजक बनेका छन् ।
जनयुद्धको क्रममा धादिङका जुन जुन बस्तीमा समिर पुगे, अहिले पनि त्यो वस्तीमा माआवादी नाम लिने वित्तिकै समिर कहाँ छ, भन्ने प्रश्न तेर्सिने गर्दछ । समिर जनयुद्धले स्थापित गरि दिएको नाम हो । जनतामा छिट्टै परिचित हुन सक्ने, मिचासिलो व्यवहार र जनताको मन जित्न सक्ने भएकैले आज पनि धादिङमा उनको सोधखोज हुने गर्दछ । उनै समिर अहिले राजनिति सँगै कृषिमा क्रियासिल छन् ।
केहि दिन अघि सम्पन्न नेकपा माओवादी केन्द्र बागमती केन्द्रको बैठकले उनै समिरलाई अहिले रसुवाको संयोजकमा चयन गरेको छ । लामिछानेले २०४६ सालमा मोटो मशाल निकट विद्यार्थी संगठनमा जोडिनु भएका थिए । लगतै २०४८ मा कमिटिमा आवद्ध भएका थिए, भने २०४९ सालको जिल्ला सम्मेलन आयोजक समितिको सदस्य र २०५० मा जिल्ला सदस्य हुँदै २०५३ मा जिल्ला अध्यक्ष र पुनस् २०५५ विधार्थी संगठनको जिल्ला अध्यक्ष भएका थिए ।
त्यसैगरी २०५३ देखि नेपाल कम्युनिष्ट पार्टी माओवादी पार्टी सदस्य, २०५४ मा इलाका पार्टी सदस्य, २०५५ मा उपइलाका इन्चार्ज, २०५६ मा लामिछानेलाई पार्टीको योजना र क्रान्तिको आवश्यकतालाई मध्यनजर गर्दै पार्टीले धादिङ सरुवा गरेको थियो ।
माओवादी जनयुद्ध राज्यको नजरमा गैरकानुनी मानिन्थ्यो । त्यसैको आवरणमा राज्यले लामिछानेलाई २०५२ सालदेखि २०५५ सालसम्म आइपुग्दा विभिन्न चरणमा ५ पटक सम्म गिरफ्तार गरी झुटा मुद्दा समेत लगाएको थियो ।कार्यक्षेत्र धादिङ रहँदा २०५७मा उपइलाका इन्चार्ज भएका थिए । भने, २०५८ सालमा तत्कालीन माओवादीको अन्तरिक संरचना अनुसार नुवाकोट, रसुवाको जिल्ला जनसरकार उपप्रमु भएका थिए । २०५९ मा पार्टीको जिल्ला सदस्य भएका थिए ।
२०६० सालबाट जिल्ला सचिवायल सदस्य रहेका लामिछाने २०६३ श्रावणबाट रसुवा माओवादी पार्टीको भौगोलिक संरचनामा पनि छुट्टै जिल्ला बनेपछि २०६५ सालदेखि २०६९ सालसम्म जिल्ला सेक्रेटरीको जिम्मेवारी सम्हालेका थिए । पार्टीमा उनी २०६७र६८ सालदेखि तत्कालीन राज्यसमिति हालको प्रदेश सदस्य रहँदै आएका थिए ।
