धादिङ भदौ १९ । धादिङको सिद्धलेक गाउँपालिकामा ईश्वर सिलवालकाे अध्यक्षतामा एमालेकाे युवा संगठन राष्ट्रिय युवा संघ नेपाल गठन भएकाे छ ।

नेकपा एमाले धादिङका अध्यक्ष एवम् संघीय सांसद भुमि त्रिपाठीको प्रमुख आतिथ्यामा भएकाे सिद्धलेक गाउँपालिका स्तरीय युवा भेलाले ईश्वर सिलवालकाे अध्यक्षतामा ३१ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल सिद्धलेख गठन भएकाे हाे ।
कमिटीको उपाध्यक्षमा झंक नारायण श्रेष्ठ,सचिवमा राजेन्द्र थापा मगर,सह सचिवमा दिपक श्रीमल, छत्र थापा मगर, प्रविन पण्डित र कोषाध्यक्षमा राजु उपाध्याय चयन भएका छन् ।
भेलामा एमाले सिद्धलेकका ईञ्चार्ज प्रेमनाथ सिलवाल,नेकपा एमाले धादिङका सदस्य देव प्रसाद त्रिपाठी,नेकपा एमाले सिद्धलेकका अध्यक्ष कमला शर्मा(अधिकारी),युवा संघका केन्द्रिय स्थायी कमिटि सदस्य सन्तोष सिलवालले लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।