
धादिङ भदौ १९ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले जनक थापाकाे अध्यक्षतामा थाक्रे गाउँपालिका स्तरीय कमिटी गठन गरेकाे छ ।
माअाेवादी केन्द्र धादिङका नेता दिपक लामिछानेकाे प्रमुख अातिथ्यातामा आज भएकाे अखिल क्रान्तिकारीकाे भेलाले जनक थापाकाे अध्यक्षतामा ३५ सदस्यीय थाक्रे गाउँपालिका स्तरीय कमिटी गठन गरेकाे हाे ।
भेलामा माओवादी केन्द्र धादिङका नेता भरत कोइराला , जिन्दगी थापा, क्रान्तिकारीका जिल्ला संयोजक उपेन्द्र जम्कटेल, जिल्ला सचिवालय सदस्य बिनोद आचार्य, राजु पौडेल लगायतकाे आतिथ्यता रहेकाे थियाे ।