
धादिङ भादाै १९ । धादिङमा दशैं र तिहारकाे बीचमा जिल्ला स्तरीय खुल्ला टी २० क्रीकेट प्रतियाेगिता हुने भएकाे छ ।
क्रीकेट संघ धादिङको आज सम्पन्न बैठकले जिल्ला स्तरीय खेलाडी छनाैटका लागि दशै र तिहारकाे बीचमा उक्त प्रतियाेगिता गर्ने निर्णय गरेकाे हाे ।
बैठकले तत्काल जिल्लामा रहेका क्लवहरु दर्ता गर्ने, विद्यालय स्तरमा क्रीकेट विकासका लागि खेल शिक्षकलाई प्रशिक्षण दिने, भाैतिक पुर्वाधारकाे बिकासका लागि स्थानीय सरकारकाे समन्वयमा जालि सहितकाे पिच निर्माण गर्ने जस्ता निर्णय गरिएकाे जिल्ला अध्यक्ष दिपेश कडेलले बताए ।
धादिङको क्रीकेट विकासका लागि देश विदेशमा रहेका धादिङका क्रीकेट प्रेमीहरुलाई संस्थागत व्यक्तिगत सहयाेगक लागि अपिल गरिने, विद्यालय स्तरीय छात्र छात्रा क्रीकेट लिग संचालनकाे तयारी गर्ने समेत निर्णय भएकाे अध्यक्ष कडेलले बताए ।