
धादिङ भाद्र १९ । माओवादी केन्द्र धादिङको पार्टी संचालनको लागि केन्द्र र प्रदेशले ३ जना कमाण्डरलाई जिम्मा दिएको छ । केहि दिन अघि सम्पन्न माओवादी केन्द्रको केन्द्रीय समितिको वैठकले धादिङ इन्चार्जमा शालिकराम जमकट्टेललाई जिम्मेवारी दिएको थियो भने शुक्रबार सम्पन्न माओवादी केन्द्र बागमती प्रदेश समन्वय समितिको बैठकले सह-इन्चार्जमा रामबहादुर भण्डारीलाई र अध्यक्षमा विजय बुर्लाकोटीलाई जिम्मेवारी दिएको बताईएको छ ।
यसअघि बागमती प्रदेशको नेतृत्वमा रहेका नारायण दाहालले धादिङका केहि निश्चित नेताहरुलाई मात्रै टप्प टिपेर जिम्मेवारी दिने, जसले गर्दा जिल्लामा पार्टी कमजोर हुने भैरहेको थियो । अहिले प्रदेश इन्चार्जको जिम्मेवारीमा हितमान शाक्य आए सँगै जिल्ला तहमा समेत नेतृत्वको जिम्मेवारी त्याग र क्रियाशिलताको आधारमा दिने साहास देखाएको बताईन्छ । पार्टीलाई एकतावद्ध बनाउन धादिङको राजनीतिमा अन्यायमा पर्दै आएका रामबहादुर भण्डारीलाई सह-ईन्चार्जको जिम्मेवारी दिईएको स्रोतले बतायो ।
माओवादी केन्द्र धादिङको जिल्ला समन्वय समितिको अन्य पदहरुले पूर्णता पाउन भने अझै केहि समय लाग्ने बताईएको छ । तिन नेताको कार्यविभाजन भएछ । अब धादिङमा पार्टी एकतावद्ध भएर अगाडी बढ्छ यस अघि जिल्लामा निशेधको राजनीति प्रष्ट देखिन्थ्यो धादिङका एक नेताले बताए ।
जिल्ला तहमा कार्यविजान गर्ने गरि बसेको बागमती प्रदेशको वैठकमा अध्यक्ष प्रचण्डले नेताहरुलाई रुपान्तरण हुन आग्रह गरेका थिए । हामी विचार विहिन जस्तै भएका छौं । बिचार एकातिर कार्यशैली र व्यवहार अर्को तिर भएको छ, जनताले अरु पार्टी र माओवादीमा के फरक छ र भन्न थालि सके यो तरिकाले हुन्न पद र पैसा भन्दा माथि उठ्न प्रचण्डले निर्देशन प्रचण्डले भनेका थिए “हामी बिग्रियौँ, सच्चिने संकल्प गर्दै जनताकोमा पुग्नुस्’, जनताको दुःखमा मलम पट्टी लगाउनुहोस्।” धेरै ठाउँमा चुनाव जितिन्छ ।