
धादिङ भाद्र १८ । धादिङ ज्वालामुखी गाउँपालिका खरीका निवासी ५३ वर्षीय यमबहादुर राना मगर कर्तव्य ज्यान मुद्दामा फरार रहेको र उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
धादिङ जिल्ला अदालतबाट २०७७ मंसिर १० गते ज्यान मारेको अभियागमा यमबहादुर राना मगरलाई जन्मकैदको सुनाइ सँगै फरार रहेका उनलाई भाद्र १७ गते ज्वालामुखी ५ खरीबाट पक्राउ गरेरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।

निजले १९ वर्ष ७ महिना ६ दिन कैद भुक्तानी गर्न बाँकी रहेकोले प्रहरीले खोजी गरेको थियो ।राना मगरले जिल्लाको साविकको खरी गाविस वडा नं ५ बस्ने लुद्रबहादुर फ्याली मगरलाई धारिलो हतियार प्रहार गरी २०६१ साल कात्तिक १२ गते हत्या गरेका थिए ।
