धादिङमा कोरोनाको सक्रिय केस ८७ जना, आज ८ जना थपिए

Avatar photo
Dhadingpost
बिहिबार, भदौ १७, २०७८

धादिङ भाद्र १७ । धादिङमा अझै कोरोनाको सक्रिय केस ८७ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमितहरु अहिले जिल्ला भित्र हस्पिटल आईशोलेसनमा ६ र होम आईशोलेसनमा ८१ जना रहेका छन् । आज थपिएका ८ जना संक्रमितहरुमा नीलकण्ठमा २, बेनीघाट रोराङमा ३, खानियाबासमा १ र धादिङ हस्पिटलमा २ छन् । आज धादिङमा डिस्चार्ज हुनेको संख्या २३ रहेको छ ।

देशभरमा आज थप २ हजार ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा बिहीबार थप २ हजार ४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी १० हजार ६५८ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर विधिबाट नमूना परीक्षण गर्दा १ हजार ६१९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै, सोही अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ३ हजार ९९२ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । एन्टिजेन परीक्षणबाट ३८५ जनामा संक्रमण पुष्टि भएको हो ।