धादिङमा आज १३ जनामा कोरोना पोजेटिभ

Avatar photo
Dhadingpost
बुधबार, भदौ १६, २०७८

धादिङ भाद्र १६ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा १३ जनामा कोराना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । आज पुष्टि भएका कोरोना पोजेटिभमा धादिङ अस्पतालमा ९ जना, ज्वालामुखी गाउँपालिकामा २ जना,गजुरी गाउँपालिकामा १ जना र त्रिपुरासुन्दरी गाउँपालिकामा १ जना छन् ।

संक्रमित मध्ये जिल्लाभित्र धादिङ अस्पतालको आइसोलेसनमा ११ जना र होम आइसोलेसनमा ९१ जना रहेका छन् । यसैगरी जिल्लामा संक्रमणका कारण हालसम्म ७९ जनाको मृत्यु भएको छ ।

देशभरमा आज १०,६१२ पीसीआर परीक्षणमा १,६४८ र ४,३२३ एन्टिजेन परीक्षणमा ४०४ जना गरी २,०५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७१९ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ४७१, भक्तपुरमा १४६ र ललितपुरमा १०२ जना संक्रमित भेटिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३,०३० रहेको छ भने २० जनाको मृत्यु भएको छ ।